रास्वपाले डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १९

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पार्टीको तर्फबाट अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा सभापति रवि लामिछानेले अर्याललाई सभामुख बनाउने प्रस्ताव गरेका थिए । लगत्तै बैठकले सर्वसम्मत अनुमोदन गरेको झाले बताए ।

सभामुखको निर्वाचन चैत २२ गते हुनेछ । रास्वपाको बहुमत भएकाले उनी सभामुख बन्ने निश्चित छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *