|
२०८२ फाल्गुन २३
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पहिलो जीत हात पारेको छ ।
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी भएका हुन् । शाहीले १४ हजार ८१६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका छन् ।
देशभरका सबैजसो ठाउँमा बलियो देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा जुम्लामा भने कमजोर देखिएको छ । यहाँ रास्वपाकी बिनिता कठायतले ४२१ मतसहित पाँचौँ स्थानमा रहेका छन् ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्