|
२०८२ कार्तिक ४
काठमाडौं – निर्वाचन आयोगका अनुसार २ कात्तिकसम्म ७० हजार ४१५ नयाँ मतदाताको नाम मतदाता नामावलीमा दर्ता भएको छ। अध्यादेशमार्फत कानुन संशोधन गरी छुटेका व्यक्तिका लागि अतिरिक्त समय दिइएपछि नाम दर्ता प्रक्रिया सुरु गरिएको हो।
९ असोजदेखि सुरु भएको नामावली संकलनमा हालसम्म ४३ हजार १६५ पुरुष, २७ हजार २४४ महिला र ६ जना अन्यले नाम दर्ता गराएका छन्। अब ३० कात्तिकसम्म नाम दर्ता गर्न सकिने आयोगले जनाएको छ।
प्रतिनिधिसभा विघटनपछि नयाँ निर्वाचनको घोषणा गरिएको र ठूलो संख्यामा युवा मतदाता छुटेको भन्दै कानुन संशोधन गरी विशेष व्यवस्था गरिएको हो।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्