|
२०८३ आश्विन १
काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से ११.९३ अंकले बढेर २ हजार ६२४ अंकमा पुगेको छ। कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो दिन ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ।
आज जीवन बीमा समूह सबैभन्दा धेरै १.०८ प्रतिशत बढेको छ। बैंकिङ ०.५८, होटल तथा पर्यटन ०.८५, जलविद्युत् ०.६३ र माइक्रोफाइनान्स ०.५५ प्रतिशत बढेका छन्। लगानी र अन्य समूह भने क्रमशः ०.१८ र ०.०४ प्रतिशत घटेका छन्।
बिहीबार १७७ कम्पनीको सेयर मूल्य बढ्दा ८५ कम्पनीको घटेको छ भने १६ कम्पनीको मूल्य स्थिर रह्यो। धौलागिरि लघुवित्तको सेयर मूल्य सर्वाधिक १२.४३ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा सिद्धार्थ बैंक, शिवम् सिमेन्ट, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी र पिपुल्स हाइड्रोपावर अगाडि रहे।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्