|
२०८३ आश्विन १
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा केहीबेरमा केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यलाई समायोजन गर्ने निर्णयपछि यो पहिलो बैठक हो।
बैठकमा पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट नेताहरू पनि सहभागी हुँदैछन्। सभापति गगन थापासँग सहमति गरेर उनीहरू बैठकमा सहभागी हुन लागेको बताइएको छ। डा. शेखर कोइरालानिकट केही नेताहरू पनि बैठकमा सहभागी हुँदैछन्।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्