बिहीबार ६४ अंक बढ्यो सेयर बजार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ५

काठमाण्डौँ । बिहीबार सेयर बजार ६४.६९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २८७७ मा कायम भएको छ । आज बजार खुलेदेखि निरन्तर उकालोमा रह्यो ।

बजारको परिसूचक नेप्सेका अलवा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १२ अर्ब ३ करोडको कारोबार भएकोमा आज २१ अर्ब २२ करोडको भयो ।

यसअघि फागुन २६ गते २१ अर्ब ५० करोडको कारोबार भएको थियो । त्यस्तै २०८१ साउन ३१ गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको कारोबार भएको रेकर्ड छ । २४० कम्पनीको मूल्य बढ्दा २२ को घट्यो भने २ को स्थिर रह्यो ।

सबै समूहका सूचक बढेका छन् । विकास बैंक समूह सबैभन्दा धेरै ३.९५ प्रतिशत बढ्यो । बैंकिङ ३.१६, फाइनान्स १.९४, होटल तथा पर्यटन १.७५, हाइड्रोपावर २.२९, लगानी १.७७, जीवन बीमा २.७६, उत्पादन तथा प्रशोधन १.८९, माइक्रोफाइनान्स १.२४, निर्जीवन बीमा १.८०, अन्य १.९७ तथा व्यापार ०.१६ प्रतिशत बढेका छन् ।

५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *