सोमबार बढ्यो सेयर बजार, ७ अर्ब १३ करोडको कारोबार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ ५

काठमाण्डौँ । सेयर बजार आज बढेको छ । लगातार ६ दिनसम्म घटेपछि सोमबार बजार परिसूचक २२.९९ अंकले बढेको हो । योसँगै बजार परिसूचक २६३२.०९ अंकमा पुगेको छ ।

आज बजारमा ७ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन बजारमा आज १८५ कम्पनीको मूल्य बढेको छ । ६० कम्पनीको मूल्य घट्दा २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज समग्र बजार भन्दा ठूला कम्पनीको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स धेरैले बढेको छ । समूहगत सूचकतर्फ होटल तथा टुरिजम समूह १।०१ प्रतिशत घट्नुबाहेक अरु सबै सूचक बढेका छन् । आव विकास बैंक समूह सर्वाधिक २.०१ प्रतिशतले बढेको छ भने बैंकिङ, हाइड्रोपावर, निर्जीवन बीमा र ट्रेडिङ समूह पनि १ प्रतिशत भन्दा धेरैले बढेको छ ।

आज बजारमा पाँचवटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *