|
२०८३ आश्विन १
काठमाडौँ । रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा देखिएको विपद् तथा जलवायु परिवर्तनका विषयमा संसदीय विशेष समिति गठन गर्नेबारे दलहरूबीच छलफल सुरु भएको छ।
सिंहदरबारस्थित शिक्षा समितिको हलमा बिहीबार प्रारम्भिक छलफल भएको हो। छलफलमा संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका संसदीय दलका नेता, उपनेता तथा प्रमुख सचेतक सहभागी रहेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।
यसअघि बुधबार रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा एक साताभित्र संसदीय विशेष समिति गठन गर्न सभामुखलाई सिफारिस गर्ने विषयमा सहमति भएको बताइएको थियो।
प्रस्तावित समितिले रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा विपद्का कारण, प्रभाव तथा जलवायु परिवर्तनसँग सम्बन्धित विषयको अध्ययन गर्नेबारे छलफल भइरहेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्