५० युनिट नाघेपछि बिजुली बिलमा ५% भ्याट लागू

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १

काठमाडौँ — सरकारले आजदेखि घरायसी विद्युत् उपभोक्ताका लागि नयाँ कर व्यवस्था लागू गरेको छ। अब मासिक ५० युनिटसम्म विद्युत् प्रयोग गर्ने ग्राहकले भ्याट तिर्नु पर्दैन भने ५० युनिटभन्दा बढी खपत भएमा त्यस माथिको विद्युत् महसुलमा ५ प्रतिशत भ्याट लाग्नेछ।

नेपाल विद्युत् प्राधिकरणले नयाँ व्यवस्था कार्यान्वयनका लागि बिलिङ प्रणाली अद्यावधिक गरिसकेको जनाएको छ। प्राधिकरणका अनुसार ५१ युनिट वा सोभन्दा बढी विद्युत् प्रयोग गर्ने लाखौँ घरधुरी यस निर्णयबाट प्रभावित हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *