बैतडीको पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै शव बोकेको जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।
सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का सदस्य गोविन्द सिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउने क्रममा से१ज १२३ नम्बरको बोलेरो जीपको दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो।
घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि सदरमुकाम ल्याइँदैछ। मृत्यु हुनेमा वडा नम्बर ६ का ५० वर्षीय जितसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारी छन्। जीप सडकबाट खसेर दुर्घटना भएको हो।
प्रहरीका अनुसार घाइते ६ जनालाई उपचारको लागि जिल्ला अस्पताल बैतडी ल्याइँदै छ । जिपमा १० जना यात्रु सवार थिए । जीप के कारणले खसेको भन्ने खुलेको छैन।
फेसबुकबाट तपाईको प्रतिक्रिया