|
साउन १५, २०८३
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार पनि बजार अनुगमनलाई निरन्तरता दिएको छ। विभागले विभिन्न नौवटा व्यावसायिक फर्ममा स्थलगत निरीक्षण गरी आवश्यक सुधारात्मक निर्देशन दिएको जनाएको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ अनुसार अनुगमन गरिएको विभागले जनाएको छ। निरीक्षणका क्रममा देखिएका कमजोरी सच्याउन सम्बन्धित व्यवसायीलाई निर्देशन दिइएको छ।
विभागका अनुसार बजार अनुगमन स्थानीय उपभोक्ता अधिकारकर्मी तथा सरोकारवाला निकायको उपस्थितिमा सञ्चालन भइरहेको छ। आगामी दिनमा पनि उपभोक्ताको हित संरक्षणका लागि यस्ता अनुगमनलाई निरन्तरता दिइने विभागले जनाएको छ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्