|
२०८३ श्रावण ७
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा बिलबिजक नराखेको पाइएपछि नागार्जुन–२, वनस्थलीस्थित राज श्री खाद्य स्टोरलाई पाँच हजार रुपैयाँ जरिवाना गरेको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको विभागले जनाएको छ। बुधबार गरिएको अनुगमनमा आठवटा व्यवसायको निरीक्षण गरिएको थियो, जसमा सातवटालाई आवश्यक सुधार गर्न निर्देशन दिइएको छ।
विभागले उपभोक्ताको हित संरक्षणका लागि नियमित रूपमा बजार अनुगमनलाई निरन्तरता दिइरहेको जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्