बजार अनुगमनमा कडाइ : मःम पसललाई २० हजार रुपैयाँ जरिवाना

DaksuMedia दाक्सु मिडिया
|
साउन १३, २०८३

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाउँदै एक मःम पसललाई कारबाही गरेको छ। विभागले टोखा नगरपालिका–७ ढुङ्गेधारामा सञ्चालनमा रहेको मीठो झोल मःम लाई अनुगमनका क्रममा कैफियत भेटिएपछि २० हजार रुपैयाँ जरिवाना गरेको हो।

विभागले मंगलबार काठमाडौंका विभिन्न ११ वटा व्यवसायिक फर्ममा अनुगमन गरेको थियो। सो क्रममा मेडिमार्ट फार्मा लाई आवश्यक बिल–बिजक तथा कागजातसहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ।

त्यस्तै, न्यू दूध सागर माछापोखरी लाई सरसफाइमा सुधार गर्न, अधिकतम खुद्रा मूल्य र बिल–बिजक राख्न निर्देशन दिइएको छ। अजित स्टोर कीर्तिपुर र एभरेष्ट ग्यास उद्योग लाई ग्यासको सहज तथा समानुपातिक वितरण सुनिश्चित गर्न भनिएको छ।

विभागले अन्य व्यवसायीलाई पनि सुधारका लागि निर्देशन दिँदै उपभोक्ता अधिकार संरक्षणका लागि नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *