|
२०८३ श्रावण ९
काठमाडौं, साउन ९ — प्रदेश सरकार गठन र सञ्चालनका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
सहमति अनुसार कोसी, वाग्मती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेछ। मधेस र गण्डकी प्रदेशको नेतृत्वबारे अन्य दलसँग छलफल गरेर टुंगो लगाइने जनाइएको छ।
दुई दलले राजनीतिक स्थिरता, सुशासन र प्रदेश विकासलाई गति दिन सहकार्य गरिएको बताएका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्