|
२०८३ श्रावण ८
काठमाडौं:नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी अत्यधिक निर्वाचन केन्द्रित बन्दै गएको भन्दै अब जनतामुखी राजनीतिमा फर्किनुपर्ने बताएका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेता–कार्यकर्तालाई सामाजिक सञ्जाल र चुनावी गणनाभन्दा बाहिर निस्केर जनजीवनसँग जोडिन आग्रह गरे। चुनाव जित्ने वा हार्नेभन्दा पार्टीको विचार, आस्था र सिद्धान्तलाई जोगाउनु नै कांग्रेसको मूल जिम्मेवारी भएको उनको भनाइ थियो।
थापाले एक निर्वाचनको परिणामले कांग्रेसको मार्ग परिवर्तन नहुने स्पष्ट गर्दै बीपी कोइरालाको आदर्शअनुसार जनताको सेवामा समर्पित भएर अघि बढ्न सबैलाई आह्वान गरे।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्