होर्मुज जलमार्ग पुनः बन्द गर्ने इरानको घोषणा, ऊर्जा बजारमा चासो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये पर्ने होर्मुज जलडमरूमध्य पुनः बन्द गर्ने घोषणा गरेको छ।

लेबनानमा जारी सैन्य गतिविधिलाई कारण देखाउँदै इरानको संयुक्त सैन्य कमाण्डले यस्तो निर्णय सार्वजनिक गरेको हो। इरानले अमेरिका र इरानबीच भएको सहमतिका सर्तहरू पालना नभएको आरोप लगाउँदै प्रतिक्रिया स्वरूप कदम चालेको जनाएको छ।

होर्मुज जलडमरूमध्यबाट विश्वको ठूलो परिमाणमा तेल तथा ग्यास आपूर्ति हुने भएकाले यसको बन्दले अन्तर्राष्ट्रिय ऊर्जा बजार र विश्व अर्थतन्त्रमा प्रभाव पर्न सक्ने चिन्ता बढेको छ।

यद्यपि, अमेरिकी अधिकारीहरूले हालसम्म जलमार्ग पूर्ण रूपमा बन्द भएको पुष्टि गर्ने ठोस गतिविधि नदेखिएको बताएका छन्। घटनाक्रमलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *