आज पनि वर्षा र चट्याङको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
असार २३, २०८३

काठमाडौं, असार २३ । देशभर मनसुन सक्रिय रहेकाले आज अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली रहने मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना छ। केही पहाडी क्षेत्रमा भारी वर्षासमेत हुन सक्ने जनाइएको छ।

यस्तै, मधेश प्रदेश तथा कोशी र बागमतीका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *