|
२०८३ असार १८
कास्की — नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र रहेका कमजोरीलाई सच्याउँदै सङ्गठनलाई थप सशक्त बनाइने बताएका छन्।
पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले वडा तहदेखि प्रदेश तहसम्म पार्टीको विस्तार र सुदृढीकरणमा जोड दिँदै आगामी महाधिवेशनसम्म पार्टीलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य रहेको उल्लेख गरे।
प्रचण्डले आगामी महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित नहुने, बरु वैचारिक स्पष्टता, नयाँ रणनीति र सङ्गठनात्मक रूपान्तरणलाई प्राथमिकतामा राखेर अघि बढाइने बताए। उनले पार्टीलाई पुनः बलियो बनाउन सबै नेता–कार्यकर्ताले साझा प्रयास गर्नुपर्ने धारणा पनि व्यक्त गरे।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्