लुम्बिनीमा एमालेका ४ मन्त्रीको राजीनामा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २०

घोराही : लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्।

भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालका अनुसार मन्त्रीहरूले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष राजीनामा बुझाएका हुन्।

राजीनामा दिनेमा ढकालसहित सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्ती र स्वास्थ्यमन्त्री खेम सारु रहेका छन्।

प्रदेश मन्त्रिपरिषद्मा रहेका पाँच एमाले मन्त्रीमध्ये चार जनाले एकैपटक राजीनामा दिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *