|
२०८२ मंसिर १७
कर्णाली : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका कर्णाली प्रदेशसभा दल नेता राजकुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्।
शर्माले दलका प्रमुख सचेतक कृष्णबादुर जिसीलाई पत्रमार्फत राजीनामा बुझाउँदै लेखेका छन्, “म नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको दल नेताको पदबाट राजीनामा दिएको जानकारी गराउँछु।”
पूर्वमुख्यमन्त्री समेत रहनुभएका शर्माले हालै गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएसँगै यो निर्णय लिएका हुन्। यसअघि नेकपा (माओवादी केन्द्र) को संगठनिक संरचना परिवर्तन भई अब नेपाली कम्युनिष्ट पार्टी भएको छ।
राजीनामापछि दलको बाँकी १२ प्रदेशसभा सदस्यबाट नयाँ दल नेता चयनको प्रक्रिया अगाडि बढ्ने संकेत प्रमुख सचेतक जिसीले गरेका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्