बुटवल । लुम्बिनी प्रदेशमा सरकार फेरबदल भएसँगै नेकपा एमालेका दुई नेताहरुले आफ्नो कित्ता स्पष्ट पारेका छन् ।
प्रदेशसभा सदस्य बिष्णु पन्थी र रमा घर्ती माधव कुमार नेपाल समूहमा स्पष्ट रुपमा खुलेका हुन् । विगतदेखि नै नेपाल समूहमा रहेको बताइए पनि शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार रहँदासम्म उनीहरू स्पष्ट रूपमा खुलेका थिएनन ।
एमाले नेतृत्वको प्रदेश सरकार परिवर्तनसँगै उनीहरु नेपाल समूहमा खुलेका हुन् । नेपाल निकट एमाले रुपन्देहीको शनिबारको बैठकमा सांसद पन्थी र घर्ती सहभागी भएका हुन् । पन्थी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हुने भने, घर्ती पाल्पाकी समानुपातिक सांसद हुन् ।
तर उनीहरुले पुस ५ देखि नै आफूहरु नेपाल समूहमै रहेको बताए । ‘म त ५ पुस देखि नै माधव कमरेडसँगै प्रतिगमन विरुद्धको लडाइँमा छु नी!’ नेता पन्थीले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया