काठमाण्डौँ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि र विभिन्न तहका जनप्रतिनिधिहरूले राजीनामा दिएका छन् ।
निर्वाचन आयोगको आचारसंहिता र संवैधानिक व्यवस्थाअनुसार लाभको पदमा रहेका व्यक्तिले उम्मेदवारी दर्ता गर्नुअघि राजीनामा दिनुपर्ने प्रावधानका कारण ३७ जना जनप्रतिनिधिले आफ्नो पद त्यागेका हुन् ।
राजीनामा दिनेहरूमा ४ जना संघीय मन्त्री, ३ जना राष्ट्रिय सभा सदस्य, १४ जना प्रदेश सभा सदस्य र १४ जना स्थानीय तहका प्रतिनिधि छन् । ६ महिना कार्यकाल भएको सरकारमा चुनावी प्रयोजनका लागि आएका चार मन्त्रीले चुनाव लड्नकै लागि दुई महिना अगावै राजीनामा दिएका छन् ।
त्यस्तै, फागुन २० गतेदेखि कार्यकाल सकिँदै गरेका तीनजना राष्ट्रिय सभा सदस्यले राजीनामा दिएका छन् । त्यसमध्ये २ जना उम्मेदवार बनेका छन् । त्यस्तै, प्रदेश तहमा प्रत्यक्ष रुपमा निर्वाचित १४ जना प्रदेशसभा सदस्यले राजीनामा दिएका छन् । त्यसबाहेक १३ जना उम्मेदवार बनेका छन् । एक जनाले भने टिकट पाएनन् ।
प्रदेश सभातर्फ बागमतीबाट सबैभन्दा धेरै ६ जनाले राजीनामा दिएका छन् भने मधेस प्रदेशबाट ४, लुम्बिनीबाट ३ र सुदूरपश्चिमबाट १ जनाले राजीनामा दिएका छन् ।
स्थानीय तहका चारजना नगर प्रमुख, तीनजना गाउँपालिका अध्यक्ष, एकजना नगर उपप्रमुख, एकजना गाउँपालिका उपाध्यक्ष, तीनजना वडाध्यक्ष र एकजना वडा सदस्य छन् । यसरी राजीनामा दिने सबैले टिकट पाएका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्