|
२०८३ जेष्ठ १८
काठमाडौं, जेठ १८ । गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ।
सरुवा सूचीअनुसार काठमाडौं उपत्यका प्रहरी परिसरको जिम्मेवारी दिलीप घिमिरेलाई दिइएको छ भने ललितपुर परिसरमा तुलबहादुर कार्कीलाई खटाइएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शान्तिराज कोइरालाको सरुवा गरिएको छ।
त्यस्तै, अन्य विभिन्न विभाग र तालिम केन्द्रहरूमा समेत ३३ जना एसएसपीहरूको जिम्मेवारी हेरफेर गरिएको गृह मन्त्रालयले जनाएको छ।
सरुवा निर्णय अनुसार सम्बन्धित अधिकारीहरूले नयाँ जिम्मेवारी सम्हाल्नेछन्।












दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्