चाडपर्वमा इन्धनको मूल्य नबढाउने निगमको निर्णय

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक १५, २०८३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ।

निगम सञ्चालक समितिको शनिबारको निर्णयअनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्यमा वृद्धि नगरिएको हो।

अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतारचढाव भइरहे पनि आसन्न चाडपर्व र उपभोक्ताको हितलाई ध्यानमा राख्दै मूल्य नबढाइएको निगमले जनाएको छ।

मूल्य यथावत राख्दा निगमलाई पाक्षिक रूपमा ३ अर्ब २१ करोड ४२ लाख रुपैयाँ घाटा हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *