|
२०८३ बैशाख २०
काठमाण्डौ । नेकपा एमालेले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्णरूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ ।
आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी बैठकमा यसबारे विस्तृत छलफल गरिएको सङ्गठन विभाग संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी दिए ।
पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेता तथा जनसङ्गठनका प्रतिनिधिको उपस्थितिमा सदस्यता व्यवस्थापनसम्बन्धी डेमो (प्रदर्शनात्मक) बैठकमा प्रस्तावित प्रणाली र कार्यान्वयनबारे छलफल गरिएको उनले बताए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्