|
२०८२ कार्तिक १८
काठमाण्डौँ । नेपाली कांग्रेसमा अहिले २ लाख १७ हजार ९०० नयाँ सदस्यता वितरण भएको छ । ६ लाखले नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गरेका छन् ।
महामन्त्री गगन थापाले पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा अहिलेसम्म ६ लाखले क्रियाशील सदस्यता नवीकरण गरेको जानकारी दिएका हुन् ।
थापाले बैठकमा ६ हजार ७ सय ४३ वडामध्ये अधिकांश वडामा नवीकरण सम्पन्न भएको बताएका छन् । केही वडामा आन्दोलन, विवाद र निर्वाचन क्षेत्रीय समस्या जस्ता कारणले ढिलाइ भएको बैठकमा जानकारी दिए ।
उनका अनुसार हरेक वडामा जातीय, लैङ्गिक र उमेरगत सन्तुलनका आधारमा सदस्यता वितरण गर्न निर्देशन दिइएको छ ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्