नेकपा संयोजन समिति बैठक भोलि, के–के हुँदैछ निर्णय ?

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक सोमबार दिउँसो १ बजे पेरिसडाँडामा बस्दैछ। बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपाल ले तयार पारेको निर्णय प्रस्ताव पेस गर्ने तयारी छ ।

बैठकमा नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी निर्धारण, साथै सचिवालय र ६०१ सदस्यीय केन्द्रीय कार्य समितिलाई पूर्णता दिने विषयमा निर्णय हुन सक्नेछ। प्रदेश तहमा इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी पनि पूर्व सहमतिअनुसार बाँडफाँट गरिनेछ।

यसैगरी चुनावी समीक्षा प्रतिवेदन अनुमोदन, पार्टी एकता र समायोजन प्रक्रिया अगाडि बढाउने तथा महाधिवेशनको मिति तय गर्ने एजेन्डा पनि बैठकमा छन् । पार्टीले ६ महिनाभित्र एकता महाधिवेशन गर्ने लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *