विष्णुमति किनारका अवैध बस्ती हटाउने अभियान सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १९

काठमाडौं, बैशाख १९ — काठमाडौँ महानगरपालिका ले विष्णुमति नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउने अभियान सुरु गरेको छ।

महानगरपालिका–१६ गुम्बा आसपास सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा शनिबार बिहानदेखि भत्काउन थालिएको हो।

यसअघि टेकु, शंखमुख, बल्खु र बंशीघाट क्षेत्रमा पनि यस्तै सुकुमबासी बस्ती हटाउने काम गरिएको थियो।

महानगरले नदी किनार सुरक्षित र व्यवस्थित बनाउन यस्तो कदम चालेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *