|
२०८२ फाल्गुन ३
काठमाडौँ – काठमाडौँका १० निर्वाचन क्षेत्र र ११ स्थानीय तहका १३८ वडामा मतदाता शिक्षा अभियान आजदेखि सुरु भएको छ। जिल्ला निर्वाचन कार्यालयले प्रत्येक वडामा एक जना स्वयंसेवक परिचालन गरेर मतदातालाई मतदानको सही तरिका सिकाउने योजना बनाएको छ।
निर्वाचन अधिकृत ठाकुर भट्टराईका अनुसार यो अभियान फागुन १७ गतेसम्म चल्नेछ। स्वयंसेवकहरूले प्रत्येक घर पुगेर मताधिकारको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी दिनेछन्।
देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा पनि निर्वाचन आयोगले यस्तै रूपमा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको छ। यसबाट नागरिकहरू मतदानमा सकृय सहभागिता जनाउने अपेक्षा गरिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्