काठमाण्डौँ । रुकुमपूर्वको भूमे गाउँपालिकाका विभिन्न बस्तीहरूमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।
नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध हुँदा स्थानीय जनजीवन प्रभावित भएको छ । सोमबारदेखि सेवा ठप्प भएपछि झुम्लाबाङ, मोराबाङ, सिमा, जितखोला, खाबाङ, महतलगायतका गाउँहरू सञ्चारविहीन बनेका छन् ।
मोबाइल सेवामा निर्भरता बढ्दै गएको अवस्थामा नेटवर्क अवरुद्ध हुँदा बैंकिङ सेवा, विद्यालयका गतिविधि, स्वास्थ्य सेवा तथा पालिकाका प्रशासनिक कामकाज प्रभावित बनेका छन् ।
डिजिटल माध्यमबाट हुने सेवा प्रवाहमा अवरोध आउँदा स्थानीय बासिन्दा दैनिक कामकाज सञ्चालन गर्न समेत कठिनाइमा परेका छन् ।
नेपाल टेलिकमको रुकुमपूर्वस्थित कार्यालयले भने हालसम्म सेवा अवरुद्ध हुनुको कारणबारे कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।
यसैबीच, नेटवर्क अवरुद्ध भएपछि स्थानीय चन्द्र रसाइलीले सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण गराएका छन् ।
दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्