टेलिकमको नक्कली वेबसाइट बनाएर प्रयोगकर्ताको व्यक्तिगत डेटा चोर्दै स्क्यामर

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २

काठमाण्डौँ । आफ्नो नाममा प्रयोगकर्तामाथि फिशिङ आक्रमण भइरहेको भन्दै नेपाल टेलिकमले सचेत रहन आग्रह गरेको छ ।

बिहीबार सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै कम्पनीले टेलिकमको नाम, लोगो तथा ब्रान्डको दुरुपयोग गरी वेबसाइट तथा डोमेन नै निर्माण गरिएको प्रस्ट पार्दै सावधानी अपनाउन भनेको हो ।

त्यस्ता फेक (नक्कली) वेबसाइट तथा डोमेनहरूबाट उपहार, गेम, बोनस वा आकर्षक अफरहरूको प्रलोभन देखाई केवाईसी, नागरिकता, ओटीपी, मोबाइल नम्बर जस्ता ग्राहकका व्यक्तिगत विवरण चोरी गर्ने प्रयास भइरहेको उल्लेख छ ।

नेपाल टेलिकमको नाममा आएको उपहार, गेम वा कुनै पुरस्कार जिताएको भन्ने शङ्कास्पद लिङ्क, एसएमएस वा सामाजिक सञ्जाल पोस्टमा कुनै पनि व्यक्तिगत जानकारी नदिनुहोस्, कम्पनीले सचेत गराउँदै भनेको छ, नेपाल टेलिकम बाहेकका अन्य कुनै पनि वेबसाइट, लिङ्क वा एपमा ओटीपी, नागरिकता, फोटो वा अन्य संवेदनशील जानकारी प्रविष्ट नगर्नुहोस् ।

नेपाल टेलिकमको सेवा सम्बन्धी जानकारीका लागि आधिकारिक वेबसाइट  (www.ntc.net.np), ब्लु टिक सहितको फेसबुक र अन्य अकाउन्ट, एनटी एप वा नजिकको नेपाल टेलिकमको कार्यालय तथा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *