सुन–चाँदीको भाउमा भारी गिरावट, बजारमा उत्साह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ८

काठमाडौँ, चैत ८ — स्थानीय बजारमा आइतबार सुनको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ। प्रतितोला १२ हजार ५०० रुपैयाँले घटेसँगै सुनको भाउ २ लाख ८२ हजार रुपैयाँमा झरेको छ।

अघिल्लो कारोबार दिन शुक्रबार भने सुन २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। छोटो अवधिमै भएको यो ठूलो गिरावटले बजारमा नयाँ चहलपहल ल्याएको व्यवसायीहरू बताउँछन्।

यससँगै चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार चाँदी ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।

मूल्य घटेसँगै खरिदकर्ताहरूको चासो बढ्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *