आज कांग्रेसबाट राष्ट्रिय सभामा बहालवाला र नवनिर्वाचित सदस्यहरूबीच अन्तरक्रिया

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २७

काठमाण्डौँ । राष्ट्रिय सभामा नेपाली कांग्रेसका बहालवाला र नवनिर्वाचित सदस्यहरूबीच अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा अन्तरक्रिया एवं परिचयात्मक कार्यक्रम आयोजना गरिएको हो ।

गत माघ ११ गते भएको निर्वाचनमा १८ जना नयाँ सांसद चुनिएका थिए ।

५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ । जसअनुसार यही २० फागुनमा १९ जना सांसदको कार्यकाल सकिएको थियो ।

रिक्त एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने प्रावधान छ ।

माघ ११ को निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले तालमेल भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *