आज उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको संकेत

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ११

काठमाडौं । नेपालमा हाल न्यून चापीय प्रणाली सक्रिय रहेकाले मौसम आंशिक बदली हुने देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार सुदूरपश्चिम र कर्णालीका केही स्थानमा वर्षा भएको छ।

दिउँसो उच्च पहाडी र हिमाली भू–भागमा बदली रहनेछ भने अन्य ठाउँमा आंशिक बदली हुने अनुमान छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका केही उच्च पहाडी क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।

पूर्वी तथा मध्य तराईमा बिहान हुस्सु लाग्ने देखिएको छ। राति पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहँदा कोशी र गण्डकीका केही स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *