|
२०८२ फाल्गुन २
कास्की: पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ। बिहान करिब २:१० बजे, पोखरा–६ पामेस्थित गैराको चौतरा नजिक विएए १५८२ नम्बरको कार फेवातालमा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा स्याङ्जा फेदीखोला–५ घर भई हाल पोखरा–७ मासबार बस्ने २४ वर्षीय अदित गुरुङको मृत्यु भएको छ। घटना भएपछि सशस्त्र प्रहरी बल कालिका गणका उपरीक्षक वसन्तबहादुर सिंहको कमाण्डमा २१ जनाको प्रहरी टोली उद्धारमा खटाइएको थियो।
उद्धार टोलीले अदितलाई अचेत अवस्थामा तालबाट निकालेर गण्डकी मेडिकल कलेज पुर्याएको भए पनि अस्पतालले मृत घोषित गरेको छ। प्रहरीले क्रेनको सहायता लिएर कार घटनास्थलबाट बाहिर निकालेर वडा प्रहरी कार्यालय बैदाममा थप अनुसन्धानको लागि पठाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्