राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १२

काठमाण्डौँ । सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा बैठक बसेको हो ।

अहिले बैठकमा छलफल जारी रहेको सहभागी एक सदस्यले बताए । पछिल्लो सुरक्षास्थिति र आगामी निर्वाचनबारे परिषदमा छलफल हुने बताइएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहन्छन् । रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधानसेनापति र रक्षा सचिव सदस्य सचिव रहने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *