काठमाण्डौँ । समानुपातिक तर्फको बन्दसूचीमा नाम रहेका ५० जनाले उम्मेदवारी फिर्ताको निवेदन निर्वाचन आयोगमा दिएका छन् ।
आयोग स्रोतका अनुुसार यो दिउँसो ३ बजेसम्मको विवरण हो । उम्मेदवारी फिर्ताका लागि दिउँसो ४ बजेसम्म निवेदन दिन सकिने समय छ । यसकारण यो संख्यामा केही थप हुन पनि सक्नेछ ।
उम्मेदवारी फिर्ताका लागि निवेदन दिने ५० जनामा २० जना जनमत पार्टीका छन् ।
जनमत पार्टीले समानुपातिक तर्फ ११० जनाकै नाम बुझाएको छ । २७५ सदस्यीय प्रतिनिधि सभा सदस्यका लागि ११० जना समानुपातिक निर्वाचन प्रणालीतर्फबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्छन् ।
राजनीतिक दलहरूले यही पुस १३ र १४ गते निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची बुझाएका थिए । उक्त सूचीमा कलस्टर मिलेरनमिलेको हेरेर दलहरूले यही पुस २७ गतेसम्म सच्याइसकेका छन् ।
आज उम्मेदवार स्वयमले उम्मेदवारी फिर्ता लिन चाहेको खण्डमा निवेदन दिने समय हो ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्