काठमाडौं । क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरूले धर्ना दिएका छन् ।
कांग्रेस नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूले मंगलबार बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालयको मुख्यगेटमा धर्ना दिएका हुन् ।
कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले नेपाली कांग्रेसको १४ औं महाधिवेशन तयारीका क्रममा क्रियाशील सदस्यता वितरण र नवीकरणमा विवादित क्रियाकलाप भएको पाएकाले क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्न माग गर्दै केन्द्रीय कार्यालयमा धर्ना दिइएको बताए ।
कांग्रेसको क्रियाशील सदस्यता छानबिन कार्यदलले सोमबार राति पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको थियो ।
क्रियाशील सदस्यताको सूचीमा हुने त्रुटी विधान र मापदण्डबमोजिम छानबिन गरी अन्तिम रुप दिइनुपर्ने धर्नामा सहभागि कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले बर्ता र
सभापति केसी अनुसार तीन वटा माग रखेर उनीहरु धर्नामा बसेका हुन्, जसमा ‘क्रियाशील सदस्यता सूची सार्वजनिक गर्ने, सूचीमा भएका कमजोरी विधिसम्मत ढंगले टुंग्याउने र निर्वाचनका लागि सबैतिर समान व्यवस्था हुनुपर्ने ।’
सोमबार मात्र सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच सहमतिमा क्रियाशील सदस्यता विवाद टुंगो लगाइएको बताइएको थियो । तर मंगलबारै पौडेल पक्षीय जिल्ला सभापतिहरु धर्नामा बसेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया