|
२०८२ मंसिर ७
काठमाडौं — काठमाडौंको टोखा नगरपालिका–९ नयाँ बसपार्क नजिकै शनिबार दिउँसो तेस्रो लिंगीको शव फेला परेको छ। तन्नाले बेरेर पोको पारिएको अवस्थामा सडक किनारमा फालिएको शवको अहिलेसम्म सनाखत हुन सकेको छैन।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार शवको पहिचान नखुल्दा अनुसन्धानमा चुनौती बढेको छ। सूचना पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का गर्दै प्रारम्भिक अनुसन्धान अघि बढाएको थियो।
शव शंकास्पद अवस्थामा भेटिएकोले प्रहरीसँग हत्या भएको आशंका बलियो बनेको छ। शव हतियारले टुक्र्याएको भने नभएको, सिंगो अवस्थामा भेटिएको जनाएको छ।
पोष्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ। शवको पहिचान र घटनाको कारणबारे अनुसन्धान जारी छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्