×

नयाँ बसपार्कमा घर जाने यात्रुको चाप बढ्दो

बैशाख १४, २०७८ | दाक्सु मिडिया

काठमाडौं : गोङ्गबुमा रहेको नयाँ बसपार्कमा घर जाने यात्रुको चाप निकै बढेको छ । हिजो बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले वैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा एक हप्ते निषेधाज्ञा गर्ने निर्णय गरे लगत्तै घर जाने यात्रुको संख्यामा वृद्धि आएको हो ।

अरु समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य सार्वजनिक यातायातहरु सोमबारको उक्त निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार दुई दिन यात्रुलाई घर जाने समय प्रदान गरेसङ्गै आज बिहानैदेखि नयाँ बसपार्कमा घर जाने यात्रुहरुको भिड लागेको हो ।

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले जानकारी दिए अनुसार बिहानदेखि नै नयाँ बसपार्कमा निकै भिडभाड बढिरहेको छ। नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । नयाँ बसपार्कमा दैनिक ८०० देखि एक हजार सार्वजनिक यातायात दैनिक ओहोरदोहोर गरेको पाइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: