अलैँची र चिया किसानका समस्या समाधान गर्न सरकार चुकेको आरोप

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ८

इलाम, असार ८ — नेपाली कांग्रेस नेता भीष्मराज आङ्देम्बेले चिया र अलैँची किसानका समस्या समाधानमा सरकार गम्भीर बन्न नसकेको आरोप लगाएका छन्।

उनले उत्पादन भएर पनि बजार नपाउँदा किसान, मजदुर र व्यवसायीहरू प्रभावित भएको बताए। अलैँची उत्पादनमा पूर्वी पहाडी क्षेत्रको ठूलो योगदान रहे पनि सरकारी नीति तथा बजेटले किसानको समस्या सम्बोधन नगरेको उनको भनाइ छ।

आङ्देम्बेले जनप्रतिनिधि र स्थानीय तहका समस्या समाधानका लागि आफ्नो संघर्ष जारी रहने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *