मदनकृष्णको जीवनमा आधारित चलचित्र निर्माण हुँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ८

काठमाडौं, असार ८ — वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित नेपाली चलचित्र ‘मदनकृष्ण’ निर्माण हुने भएको छ।

चलचित्र घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यो बायोपिक नेपाली चलचित्र क्षेत्रका लागि महत्वपूर्ण कृति बन्ने विश्वास व्यक्त गरे। उनले चर्चित कलाकारको जीवनलाई पर्दामा उतार्नु चुनौतीपूर्ण भए पनि प्रभावकारी बन्ने बताए।

कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो जीवनमा हरिवंश आचार्यको साथ महत्वपूर्ण रहेको उल्लेख गर्दै चलचित्र निर्माणप्रति खुसी व्यक्त गरे। हरिवंश आचार्यले पनि चलचित्रले मदनकृष्णको योगदानलाई न्याय गर्ने विश्वास व्यक्त गरे। निर्देशक मिलन चाम्सले चलचित्र निर्देशन गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *