रास्वपाले नयाँ नेतृत्वबाट वैकल्पिक राजनीतिको लक्ष्य पूरा गर्ने दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ८

भरतपुर, असार ८ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ। महाधिवेशनबाट सभापति र केन्द्रीय सदस्य चयनका लागि निर्वाचन हुँदैछ।

केन्द्रीय सदस्यका उम्मेदवार केपी खनालले जनताले वैकल्पिक राजनीतिको पक्षमा दिएको विश्वास पूरा गर्न सक्षम नेतृत्व आउने दाबी गरे। उनले सुदूरपश्चिमको आवाज केन्द्रसम्म पुर्‍याउन आफू उम्मेदवार बनेको बताए।

खनालले पार्टीभित्र गुट–उपगुट नरहेको दाबी गर्दै सबै प्रतिनिधि उत्साहित रहेको उल्लेख गरे। सांसद रहबर अन्सारीले रास्वपा लोकतान्त्रिक र उदारवादी सोचमा आधारित पार्टी भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *