राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजार मतदाता नामावली दर्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १

काठमाण्डौँ । राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजार ५ सय ७५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्स मार्फत पनि ३ लाख २ हजार ६२ जनाले नाम दर्ता गराएका हुन् ।

यो सङ्ख्या नयाँ मतदाता नामावली संकलन खुला गरिएदेखि कात्तिक ३० गतेसम्मको भएको आयोगको भनाइ छ ।

आयोगका अनुसार नामावली दर्ता मंसिर ५ गतेसम्म गर्न सकिने छ । अहिले राष्ट्रिय परिचयपत्र नम्बर भएको खण्डमा अनलाइनमार्फत नै नाम दर्ता गर्न सकिनेगरी सरकारले व्यवस्था मिलाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *