मन्त्री घिसिङको आह्वान: पुनर्निर्माण कोषमा सहयोग गर्न आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ९

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङले राष्ट्रिय पुनर्निर्माण कोषमा योगदान गर्न सबैलाई आह्वान गरेका छन्।

सरकारले हालै मात्र पुनर्निर्माण कोष स्थापना गर्दै सहयोगको लागि सर्वसाधारण तथा संस्थाहरूलाई आग्रह गरेको हो। साथै, अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समिति गठन गरिसकेको सरकारले कार्ययोजना स्वीकृत गरेर पुनर्निर्माण प्रक्रिया अघि बढाउने तयारी गरिरहेको मन्त्री घिसिङले जानकारी दिए।

उनका अनुसार पछिल्लो समय भएका आगजनी र तोडफोडका घटनाले भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ। त्यसकै पुनःस्थापना र आर्थिक पुनरुत्थानलाई तीव्रता दिन कोष स्थापना गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *