माओवादी केन्द्र समयमै चुनावको पक्षमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ९

काठमाडौंको प्रज्ञा भवनमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अधिकांश नेताहरूले आगामी फागुन २१ गते चुनाव गरिनुपर्ने पक्षमा मत व्यक्त गरेका छन्।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रको रक्षाका लागि समयमै चुनाव आवश्यक रहेको बताए।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनले पनि चुनावको समर्थन गरे भने श्रेष्ठले चुनावअघि नेतृत्व परिवर्तनको माग समेत गरे।

प्रतिनिधि सभा विघटनपछि अन्तरिम सरकार गठन भइसकेको छ र राष्ट्रपतिको सिफारिसमा चुनावको मिति तोकिएको छ। बैठकमा प्रदेशगत छलफल जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *