माओवादी केन्द्रीय बैठक आजदेखि, प्रवेश शुल्क एक हजार रुपैयाँ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ९

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि काठमाडौंको प्रज्ञा भवन, कमलादीमा सुरु हुँदैछ। दुई दिनसम्म चल्ने बैठकमा सहभागीहरुसँग प्रवेश शुल्कका रूपमा एक हजार रुपैयाँ उठाउने निर्णय गरिएको छ।

पार्टीका सचिव गणेशमान पुनका अनुसार हल भाडा, खाजा र अन्य व्यवस्थापनका लागि यो न्यूनतम शुल्क तोकिएको हो।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै समसामयिक परिस्थितिबारे छलफल गर्नेछन्। बैठकले विशेष महाधिवेशनको मिति, स्थान र संयोजकबारे निर्णय गर्नेछ।

नेतृत्व परिवर्तनको बहस चर्किएको छ भने उपमहासचिव जनार्दन शर्मा र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्वको माग गर्दै आएका छन्।

छलफल सहज बनाउन सदस्यहरूलाई १२ समूहमा विभाजन गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *