×

सुक्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध

फाल्गुन १६, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । महाकाली नगरपालिका–५ किम्तडीमा सुक्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।

सुक्खा पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिएका छन् ।

सडक अवरुद्ध हुँदा बिहानैदेखि तराइबाट जिल्ला सदरमुकामका लागी छुटेका तथा जिल्लाबाट बाहिरिने सवारीसाधन बाटोमै थन्किएका छन् ।

यात्रु बाटोमै अलपत्र परेका महाकाली काउन्टर दार्चुलाका लवराज अवस्थीले जानकारी दिएका छन् । सोही ठाउँमा गत माघ दोस्रो साता पनि पहिरो गएको थियो। उक्त ठाउँमा केही समयअघि सडक मर्मत सम्भार गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: