लोडसेडिङ अन्त्य गरेर चम्किएका घिसिङलाई तीन मन्त्रालयको नेतृत्व

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ३०

३० भदौ, काठमाडौं । उज्यालो नेपालका प्रतीकका रूपमा चिनिने कुलमान घिसिङलाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले एकैपटक तीन मन्त्रालयको जिम्मेवारी दिएको छ।

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङ ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रालयको नेतृत्वमा छन्।

पहिलो कार्यकालमै देशभर लोडसेडिङ अन्त्य गरी चर्चा कमाएका घिसिङले विद्युत वितरण सुधार, घाटामा रहेको प्राधिकरणलाई नाफामा रुपान्तरण, तथा ग्रामीण क्षेत्रमा बिजुली विस्तारमा महत्वपूर्ण योगदान दिएका थिए।

राजनीतिक दलमा नलागे पनि उनले ‘उज्यालो नेपाल’ अभियानमार्फत सक्रियता देखाउँदै आएका छन्। एनआईटी जमसेदपुरबाट विद्युत् इन्जिनियरिङ, पुल्चोकबाट पावर सिस्टममा स्नातकोत्तर, र पोखरा विश्वविद्यालयबाट एमबीए गरेका घिसिङ अब सरकारको तीन महत्वपूर्ण मन्त्रालय सम्हाल्दै छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *