ज्वाला राईलाई जिताउन खोटाङमा सामुहिक अभियान

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण २०

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वइस अफ नेपाल’को टप फोरमा पुगेका ज्वाला राईलाई जिताउनका लागि खोटाङमा सामुहिक अभियान थालिएको छ।

नेपालकै चर्चित रियालिटी सो द भ्वइस अफ नेपालको टप फोरमा पुगेका ज्वाला राईलाई जिताउनका लागि ज्वाला राई जिताऔं अभियान थालिएको हो।

ज्वाला राईको समर्थकको भेलाले एलबि मगरको संयोजकत्वमा १०१ सदस्यीय ज्वाला राई जिताऔं अभियान जिल्ला समिति गठन गरेर अभियान थालिएको हो । ज्वाला राई जिताऔं अभियान जिल्ला समितिका सह-संयोजकमा उचिद चाम्लिङ र सदस्य सचिवमा प्रतिमा केसी चयन भएका छन्।

द भ्वइस अफ नेपालको सिजन ३ मा पुगेका ज्वाला संगीतको नक्षेत्र प्रतिभा भएकाले टाइटल जिताउन अभियान थालिएको संयोजक मगरले जानकारी दिनुभयो। ज्वालालाई भोट दिनका लागि मोबाइलको मेसेज बक्समा गएर ०६ टाइप गरी ३७००० मा एसएमएस पठाउन वा प्रभु पे एप डाउनलोड गरी भोट दिन सकिने ज्वाला राई जिताऔं अभियान जिल्ला समितिले मंगलबार विज्ञाप्ती जारी गर्दै जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *